Advertisement Advertisement

जब स्मार्टफोनमा फेस अनलक तथा फिंगरप्रिन्ट जस्ता फिचर्स आए, त्यसबेला दाबी गरिएको थियो कि यी सेक्योरिटी फिचरलाई कसैले तोडमोड गर्न सक्दैन । तर, समयक्रमसँगै अनुहार तथा फिंगरप्रिन्ट अनलक पनि कमजोर साबित भयो ।कसैले अनुहारको साटो फोटो देखाएर फोन अनलक गरे त कसैले सुतेको मानिसको औंठाछापबाट फोन अनलक गरे ।

शोधकर्ताका अनुसार एयर प्रेसर सेन्सरका लागि संकलित श्वासप्रश्वासका डेटाबाट उक्त प्रयोग गरिएको थियो । उनीहरुको प्रयोगको उद्देश्य उक्त डेटाको सहयोगमा एउटा एआई मोडेल तयार गर्नु थियो ।शोधकर्ता टोलीका अनुसार उनीहरुले तयार पारेको सो एआई मोडेलले एकपटक कुनै पनि मानिसको श्वासको डेटा विश्लेषण गर्‍यो भने उक्त श्वास सम्बन्धित व्यक्तिको भए नभएको कुरा ९७ प्रतिशत सटिकताका साथ बताउन सक्दछ ।

उक्त एआई मोडेलले मानिसको नाक, मुख तथा गलाबाट श्वासभित्र जाँदा जुन कम्पन पैदा हुन्छ त्यसको ढाँचालाई राम्रोसँग पहिचान गर्न सक्दछ ।स्मरण रहोस् हरेक मानिसमा श्वास लिंदा उत्पन्न हुने कम्पन (टर्बलेन्स) फरकफरक हुन्छ ।