Advertisement
Advertisement

। गुगलले गत वर्षको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी)मा घोषणा गरेको ई-सिम सार्न मिल्ने

ग्यालेक्सी एस२४ अल्ट्रा चलाउने आफ्ना एक पाठकलाई क्यूआर कोड स्क्यान गरेर एलजी भी६० थिनक्यूबाट ई-सिम सार्ने विकल्प आएको एन्ड्रोइड पुलिसले उल्लेख गरेकाे छ । एन्ड्रोइड पुलिसकै पत्रकारले पनि ग्यालेक्सी एस२४ अल्ट्राबाट पिक्सेल ८ प्रोमा ई-सिम सार्न मिल्ने पप-अप सूचना आएको उल्लेख गरेका छन् । 

विगतमा सामसङले वन यूआई ५.१ सार्वजनिक गरेसँगै ग्यालेक्सी डिभाइसहरूमा ई-सिम सार्न सकिने सुविधा उपलब्ध भएको थियो । अब भने ग्यालेक्सी बाहेकका अन्य डिभाइसहरूमा पनि ई-सिम सार्न सकिने भएको छ ।फिचर सुरु भएको पाइएको छ । एन्ड्रोइड पुलिसका अनुसार केही प्रयोगकर्ताले एउटा एन्ड्रोइड फोनबाट अन्य एन्ड्रोइड फोनमा आफ्नो ई-सिम सार्न मिलेको प्रतिक्रिया दिएका छन् ।

यसबारे फ्रागमेन्टेड चिकेन नाम गरेका एक प्रयोगकर्ताले रेडिटमा पोस्ट राख्दै वन यूआई ६.१ को अपडेटपछि ग्यालेक्सी बाहेकका अन्य डिभाइसमा पनि ई-सिम सार्न सकिने भएको उल्लेख गरेका छन् ।

यसको अर्थ एन्ड्रोइडमा ई-सिम सार्न मिल्ने गुगलको टुललाई सहयोग हुनेगरी सामसङ पनि अघि बढेको छ । एन्ड्रोइडमा यस प्रकारको टुल ल्याउने गुगलले घोषणा गरेपनि मिति भने सार्वजनिक गरेको छैन ।

ई-सिम के हो ?

सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन ।यसलाई प्रयोग गर्न तपाईंले सिमकार्ड लिन जान अथवा मोबाइलमा राख्न पर्दैन । यो मोबाइलमा प्रयोग गरिएको एउटा सानो चिपमा आधारित, जसले प्रयोगकर्ताको आईडीको आधारमा फोनलाई सम्बन्धित मोबाइल नेटवर्कसँग जोड्छ ।सो चिप पहिले नै फोनमा इन्स्टल गरिएको हुन्छ, जसलाई प्रयोगकर्ताले फोन खरिद गरेपछि एक्टिभेट गर्नुपर्छ ।