काठमाडौँ महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ ।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने, व्यवस्था भएकोले माहानगरले सो व्यवस्था बमोजिम विद्यालयहरुको नेपालीकरण गर्न निर्देशन दिएको हो।