Advertisement Advertisement

साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ।
गए राति सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो।
त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अङ्कले पछाडि रहेको छ।
त्यसै गरी अभाको भने २६ खेलमा २२ अङ्क छ र लिगमा १७औँ स्थानमा रहेको छ ।