Advertisement Advertisement

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले हराएको छ ।
८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको मुम्बई ६ अङ्कका साथ सातौँ स्थानमा छ । आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।