Advertisement Advertisement

चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेरका तीनतीन जना सशस्त्र प्रहरी र नगर प्रहरी घाइते भएको उनले जानकारी दिए ।उनका अनुसार घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।