Advertisement Advertisement

आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो।मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले भिडियोमा पनि दुई प्रेमी र प्रेमिकाको प्रेमलाई देखाइएको छ,’ मञ्जिलले भने।

मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङर मास्टरिङ र अनिल रानाको सम्पादन रहेकाे छ। गीतको भिडियो हिमाल श्रेष्ठले खिचेका हुन्।