Advertisement Advertisement

गत ७ अक्टोबरमा इजरायलमा भएको प्यालेस्टिनी लडाकु समूहपछि हमासलाई निमिट्यान्न पार्ने संकल्पका साथ शुरू भएको इजरायल–हमास युद्धमा आइतबारदेखि इरान पनि प्रत्यक्ष रूपमा देखापरेको छ।

वर्षाौंदेखि छद्म युद्ध गरिरहेका यी दुई प्रमुख विरोधी देश जारी इजरायल–हमास युद्धको ठीक छ महिना एक सातामा पहिलोपटक प्रत्यक्ष रूपमा युद्धको मैदानमा आमनेसामने भएका छन् । इरानको यो आक्रमणसँगै इजरायलको पक्षमा अमेरिका र बेलायतको बलियो समर्थन देखिएको छ।

शनिबार राति इरानले आफ्नो भूमिबाट तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू इजरायली भूमिमा प्रहार गरेको थियो ।