Advertisement Advertisement

इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो।

उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको भनेको छ। तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ।

इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।