Advertisement Advertisement

लाखौं अमेरिकी प्रयोगकर्ताहरुको गोपनीयता उल्लंघन गरेको मुद्दामा गुगलले गल्ती स्वीकार गर्दै पाँच अर्ब डलर जरिवाना तिर्न सहमत भएको छ ।गोपनीयताको लागि प्रयोग गरिने क्रोम ब्राउजरको इनकग्निटो मोडमा समेत प्रयोगकर्ताहरुका गतिविधिमाथि निगरानी गरेर गुगलले इन्टरनेट प्रयोगकर्ताको गोपनीयताको हनन गरेको भन्दै अमेरिकी ल फर्म बोइस शिलर फ्लेक्सनरले सन् २०२० मा गुगलविरुद्ध मुद्दा दायर गरेको थियो ।उक्त मुद्दाको सुनुवाइ गरिरहेका ओकल्याण्ड जिल्ला न्यायाधीश यभोन गोन्जालेज रोजर्सले मुद्दाको फैसला तथा दुवै पक्षमा औपचारिक सम्झौताका लागि २०२४ को फेब्रुअरी ५ को पेसी तोकेका छन् ।

गुगलमाथि आफ्नै सेवा सर्त उल्लंघनको आरोप लगाउँदै बोइस शिलर फ्लेक्सनरले ठूलो संख्याका गुगल प्रयोगकर्ताहरुको तर्फबाट सन् २०२० मा मुद्दा दायर गरेको थियो । सुरुवातमा गुगलले उक्त अभियोग स्वीकार गरेको थिएन । गत वर्ष सन् २०२३ को सुरुमा पनि गुगलले अदालतमा यो मुद्दालाई अनावश्यक बताउँदै खारेजीको माग गरेको थियो ।