त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका हराएपछि पुनः परीक्षा लिने भएको छ ।
२०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको हो ।