Advertisement Advertisement

ऋण लिने मान्छे नपाएपछि बैंक तथा वित्तीय संस्थाहरुले अढाई खर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि कर्जा लगानी हुन नसकेपछि बैंकहरुले दुई खर्ब ५३ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले फागुनदेखि लागु गरेको स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले ३ प्रतिशत ब्याजमै उक्त रकम राष्ट्र बैंकमा राखेका छन् ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले फागुन यता यसरी चार पटकसम्म राष्ट्र बैंकमा रकम जम्मा गराएका छन् । यसरी राखिएको रकममध्ये हाल ९६ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैंकमा छ ।

बैंकहरुमा धेरै भएको रकम राष्ट्र बैंकमा राख्न सकिने सुविधा अन्तर्गत बैंकहरुले न्यूनतम २० करोड रुपैयाँदेखि सोभन्दा बढी ५ करोडले भाग गर्दा निःशेष रहने अंकमा राख्नुपर्नेछ । यसरी बैंकहरुले राष्ट्र बैंकमा राख्ने निक्षेपमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर तोकेको छ ।राष्ट्र बैंकका अनुसार यो सुविधा चार दिनका लागि उपलब्ध हुनेछ । तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत दिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । स्थानीय निक्षेप सुविधामा रकम जम्मा गराएपछि बैंकहरुले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् ।तर, निर्देशन अनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ