Advertisement Advertisement

ऊर्जा मन्त्रालय अन्तर्गतका सरकारी स्वामित्वका दुई पब्लिक कम्पनीमा एकै व्यक्ति कार्यकारी प्रमुखको भूमिकामा रहेको पाइएको छ । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक (म्यानेजिङ डिरेक्टर) को नियुक्ति पनि लिएका हुन् ।

ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठलाई पछि पार्दै दैलेख दुल्लु नगरपालिकाका शाही १८ साउन २०८० मा सीईओ नियुक्त भएका थिए । भेरी-बबई परियोजनाको परामर्शदाताका रुपमा ‘एनईए इन्जिनियरिङ’ले आह्वान गरेको प्रतिस्पर्धामा टोली नेता समेत बन्न असफल भएका शाही राजनीतिक पहुँच प्रयोग गरेर भीयूसीएलमा राजनीतिक नियुक्ति लिन सफल भएका थिए ।