Advertisement Advertisement

वर्ष २०२३ मा भारतमा ब्लकबस्टर ठहरिएको चलचित्र ‘एनिमल’ को दोस्रो भागमा बबी देओलको क्यारेक्टरलाई पुनर्जीवित गराइने भएको छ ।एनिमल’मा रणवीर कपुरपछि बबी देओललाई दर्शकले अत्यधिक रुचाएपछि उनको क्यारेक्टरलाई पुनर्जीवित गराउने सोच निर्माण टीमले गरेको हो ।

‘एनिमल’मा बबीको पात्रको मृत्यु भएको देखाइएको छ । तर, ‘एनिमल पार्क’मा उनको रोललाई पुनजीर्वित तुल्याउने निर्माताको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ‘एनिमल पार्क’मा पारिवारिक दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले एक्सनका साथै इमोश्नल ड्रामा देखाउने बताइएको छ ।बबी पनि सिक्वेलका लागि पूर्ण रुपमा तयार भएको निर्माण टीमको भनाइ छ ।

भारतमा ५४३ करोड भारु कमाएर ‘एनिमल’ले बक्स अफिसमा थुप्रो रेकर्ड बनायो । चलचित्रलाई अत्यधिक रुचाइएको र फ्यानले चलचित्रको दोस्रो भागको माग गरेपछि दर्शकलाई निराश नतुल्याई निर्माताले चलचित्रको दोस्रो पार्ट ‘एनिमल पार्क’को घोषणा गरेका थिए ।