Advertisement
Advertisement

विश्व स्मार्टफोनको बजार हिस्सामा सामसङ एप्पललाई पछि पार्दै पुनः नम्बर वान ब्राण्ड बनेको छ । आइतबार अनुसन्धान गर्ने फर्म आईडीसीले सार्वजनिक गरेको तथ्याङ्कले विश्वको स्मार्टफोन बजारमा एन्ड्रोइड फोनको ब्रान्डले शीर्ष स्थान ओगट्ने देखाएको हो ।

 इन्टरनेसनल डाटा कर्पोरेसन (आइडीसी)को रिपोर्ट अनुसार सन् २०२४ को पहिलो त्रैमासमा सासङले सर्वाधिक ६ करोड १० लाख स्मार्ट फोन सिपमेन्ट (बजारमा पठाउने कार्य) गर्दै नम्बर वान स्मार्ट फोन ब्राण्ड बनेको हो । सामसङको बजार हिस्सा २०.८ प्रतिशत छ ।  एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलले ५ करोड १० लाख फोन डेलिभरी गरेको छ । यो संख्या अघिल्लो वर्षको यसै अवधिको ५ करोड ५४ लाखको तुलनामा ९.६ प्रतिशतले कम हो ।