मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध ९१ करोड ९८ लाख भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।