Advertisement Advertisement

नेपालको इन्टरनेट कम्पनीका सेवामा अवरोध आएको छ।

भारतको एयरटेलले लामो समयदेखि भुक्तानी नपाएपछि इन्टरनेसनल ब्यान्डविथ प्रोभाइडर डाउन गरेको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षकअन्तर्गतको बक्यौता नतिरेको भन्दै विगत ९ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।

केही समय अगाडिदेखि इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान)ले सरकारले विदेशी मुद्रा सटही नगरेकाले ब्यान्डविथको रकम तिर्न नमिल्दा इन्टरनेट बन्द हुने चेतावनी दिएको थियो।