Advertisement Advertisement

यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
एसइईको परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी सञ्चालकलगायतका अन्य व्यक्तिको संलग्नता रहेको पाइएको छ ।
अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न छ जनालाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक कन्सल्टेन्सीका सञ्चालक र कर्मचारीसहित चार जना र एक स्कुलका प्रिन्सिपल र शिक्षक गरी छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।