चिट चोराएको आरोपमा कलैया उपमहागरपालिका २ स्थित अमर माविका शिक्षक सुरेन्द्र यादव र आदर्श कोतवाल गाउँपालिकाको जनता माविमा कार्यरत गार्ड विनोद यादव पक्राउ परेका छन् । सुरेन्द्रले मोबाइलमार्फत र विनोदले नक्कली गार्ड बनेर परीक्षार्थीलाई चिट चोराएका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।