यो वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) आजदेखि सुरु भएको छ ।
यस वर्ष देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थीहरू एसइइपरीक्षामा सहभागी हुँदैछन्।
यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् ।
एसइई परीक्षालाई सुरक्षित र मर्यादित पार्न देशभरका परीक्षा केन्द्रहरूमा ३० हजार ९५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।
परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।