Advertisement Advertisement

स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकर सूचीमा तेस्रो स्थानमा परेको छ ।
आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको वायु गुणस्तर १७३ रहेको छ ।
अझ त्यसमा पनि ललितपुरको खुमलटारमा वायुको गुणस्तर सबैभन्दा बढी अस्वस्थकर रहेको छ ।
हाल भारतको नयाँ दिल्लीको वायु विश्वमै सबैभन्दा अस्वस्थकर रहेको छ भने त्यसपछि थाइल्याण्डको चिङ्गमाईको वायु अस्वस्थकर मापन गरिएको छ र यी दुई शहरपछि काठमाडौँको वायु सबैभन्दा अस्वस्थकर रहेको छ ।