Advertisement Advertisement

काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य अनुसार महानगरले उक्त तालिम सञ्चालन गर्न लागेको हो।महानगरले लिएको लक्ष्यमा सहयोग पुर्‍याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको महानगरले जनाएको छ। माघ २ गते तालिमको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।काउन्सिल, साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक ह्याकर क्रेडेन्सियलको आविष्कार रहेको र यस सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुने महानगरले जनाएको छ।

साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा भएको र यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिने महानगरको भनाइ छ। सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ।’ 

गएको वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरूले देखाएको र  यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनको भनाइ छ।उनी भन्छन्, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ। कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ। इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ।’माघ २ गते दिनको २ बजेदेखि राष्ट्रिय सभा गृहमा आयोजना हुने शुभारम्भ अवसरमा उपस्थित हुन चाहनेहरूले तलको लिङ्क थिचेर नाम दर्ता गराउन सक्ने र करिब २ मिनेटको समयमा फारम भर्न सकिने पनि उनले बताए।साइवर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइने पनि उनले जानकारी दिए।  

फारम भर्न यहाँ लिंकमा क्लिक गर्नुहोस्