धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केहीदिन देखि काठमाडौंमा छन्।
धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनले परत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे ।
‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।