कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा जीप दुर्घटना हुदा ९ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै छ पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे दुर्घटनामा परेको हो । पोखराको हरिचोकबाट भदौरेका लागि गएको जीप गन्तव्यस्थल नजिकै थामडाँडा भन्ने स्थानमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।