Advertisement Advertisement

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपका लागि भन्दै सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको जर्सीमा राष्ट्रिय झण्डा झुकाइएको भन्दै त्यसलाई सच्याउन माग हुन थालेको छ ।
जसमा दुवैतर्फ काँधमा राष्ट्रिय झण्डा उँधो झुकाइएको छ । खेलकुद पोसाक कम्पनी केल्मी नेपालले यो जर्सी तयार पारेको हाे ।
त्यसो त हाल प्रयोगमा रहेको राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा समेत त्यसैगरी झण्डा झुकाएर राखिएको छ । तर उक्त जर्सीमा झण्डा प्रस्ट रूपमा नदेखाई त्यसको छायाँ मात्र प्रयोग गरिएको छ ।