Advertisement Advertisement

 पछिल्लो ६ महिनामा ट्राफिक प्रहरीले चिट काटेरै करिब ८० करोड रुपैयाँ उठाएको छ । साउनदेखि पुससम्म देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको हो । यो ६ महिनामा प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने १० लाख ५२ हजार ५५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।ट्राफिक उल्लंघनमा कर्वाहीमा पर्नेबाट सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा १ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशमा २ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संकलन भएको राजस्वमध्ये ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख, बस÷मिनिबसबाट ९ करोड २० लाख, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख, ट्याक्टरबाट २ करोड ८८ लाख, मोटरसाइकलबाट ३१ करोड १७ लाख र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख रूपैयाँ राजश्व गरिएको हो ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत यतिका रकम संकलन गरेको हो ।

यो अवधिमा प्रहरीले कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर १ लाख ७० हजार ८४२ वटा, बस/मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार/जिपरभ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटालाई कारबाही गरेको छ भने तिनीहरूलाई सचेतनामुलक कक्षामा समेत सामेल गराइएको छ ।