Advertisement Advertisement

‘जनयुद्ध दिवस’ मा गोरखाका तीन गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।जनयुद्ध दिवस‘ का अवसरमा तीन पालिकाले बिदा दिने निर्णय गरेका हुन्।अजिरकोट र गण्डकी गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन् भने भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको थियो।

२०७९ मा भएको स्थानीय तह चुनावमा यी तीनै पालिका प्रमुख नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जितेका थिए।संघीय सरकारले पनि ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो।

त्यसैगरि कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन् । यी पालिकाहरूले सार्वजनिक सुचना नै जारी गरेर जनयुद्ध दिवस मनाउने घोषणा गरेका छन् । बिदा दिने चार मध्ये तीन वटा पालिकाको नेतृत्व माओवादीले गरेको छ भने बाँफिकोटको अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् 

पचालझरनाले गणतन्त्र स्थापनाको लागि ०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धको स्मरण र सम्मानका लागि बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । सूचनामा भनिएको छ, ‘उक्त दिन पचालझरना अन्तरगत सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ दिन सार्वजनिक बिदा दिने ।’ पचालझरनाको अध्यक्ष रहेका देवबहादुर शाही माओवादीबाट निर्वाचित भएका हुन् ।