Advertisement Advertisement

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई एक गाग्री पानी लिन एक घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । 

पशुचौपाय र मानिसका लागि पानी  सहजतामा हैरानी व्यहोर्नु परेको छ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्ने हुन्छ । बिहानै पँधेरो पुग्ने, घण्टौँ पालो कुर्ने र  पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन् ।  घोरदौरा बस्ती वर्षौँदेखि काकाकुल  बन्नु परेको छ । घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ ।