Advertisement Advertisement

अघिल्लो साताको सोमबार पूर्वप्रहरी जवान राजेन्द्र नाथको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीबाट आफूले यातना पाएको दाबी गरेका छन् ।मुद्दा फाँटमा कार्यरत शाहीकै यातनाका कारण आफू जागिरबाट राजीनामा दिन बाध्य भएको समेत उनले दाबी गरेका छन् ।

‘एक महिनाअघि विदा थप गरिदिन भन्दै म जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर गएको थिएँ, भित्र अरु प्रहरी कर्मचारीसँग बसेको बेला मलाई झ्यापझुप समातेर थुन्यो’, नाथले भनेका छन्, ‘त्यसपछि थुन्दे भन्दै तीन दिनसम्म हिरासतमा राखियो ।’नाथको भनाइमा, उनलाई तीन दिन हिरासतमा राख्दा पक्राउ पूर्जी समेत दिइएको थिएन । त्यतिबेला आफूलाई थुनुवालाई गुट्खा दिन आएको भन्ने आरोपमा नियन्त्रणमा लिइएको उनको दाबी छ सुरुमा इन्स्पेक्टर शाहीले एसपी सा’ब आएपछि छाड्छु भन्नुभएको थियो, तर फेरि तीन नम्बर सेलमा राखियो’, नाथले भनेका छन्, ‘त्यहाँ पनि मलाई चरम यातना दिइयो ।’यस अघिदेखि नै इन्स्पेक्टर शाहीले आफूलाई यातना दिइरहेको उनी बताउँछन् । त्यही कारण आफूले प्रहरीबाट राजीनामा दिएको पूर्वप्रहरी जवान नाथ बताउँछन् ।तर, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी प्रकाश डाँगी भने पूर्वजवान नाथलाई हिरासतमै नराखिएको दाबी गर्छन् । ‘एक दिन दिउँसो नियन्त्रणमा लिएको मात्र हो, सोधपुछ भएको थियो’, उनले भने, नाथले भने राजीनामा बुझाएपछि विभिन्न सञ्चारमाध्यममा गएर आफूमाथि अन्याय भएको भन्दै अन्तर्वार्ता दिएका थिए । पछि उनले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा समेत प्रहरी निरीक्षक शाहीविरुद्ध उजुरी दिएका थिए

दुई पत्रकार पक्राउ, अरुलाई खोज्दैछौं :  प्रहरी

पूर्वप्रहरी जवान नाथको भनाइमा आधारित रहेर कञ्चनपुरका पत्रकारहरुले यो विषयमा समाचार प्रकाशन तथा प्रशारण गरे ।केहीले सामाजिक सञ्जालमा स्ट्याटससमेत लेखे । त्यहीबीच इन्स्पेक्टर शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘मेरा धेरै शुभचिन्तक मित्रहरुले भ्रामक समाचारमा रमाइलो मानेर गुणगान गरेकामा मलाई पनि रमाइलो लागेकै छ’ भन्दै स्ट्याटस लेखेकी थिइन् ।जिल्ला प्रहरी कार्यालयले २२ माघमा प्रेस विज्ञप्ति जारी गरेर जवान नाथलाई ‘कार्यसम्पादन सन्तोषजनक नपाइएको, पदीय आचरण विपरीत गैरजिम्मेवार र अनुशासनहीन कार्य गरेका’ले कारबाही गरिएको लगायतका विवरण सार्वजनिक गर्‍यो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय बाजुरा रमाना गरेर पठाएको समेत उल्लेख थियो । नाथलाई कुनै मर्का परेको भए गुनासो सुन्ने अधिकारी कहाँ आउनुपर्नेमा हालसम्म नआएको समेत विज्ञप्तिमा उल्लेख थियो ।