Advertisement Advertisement

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ५’ निर्माण हुने भएको छ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेकी हुन् । ‘ए मेरो हजुर’ को यस अगाडि ४ सिक्वेलसम्म निर्माण भैसकेको छ । झरना निर्देशित गत भदौमा ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएको थियो ।

यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् ।  फिल्ममा उनकै छोरी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने चर्चा छ ।

मुख्य अभिनेतामा भने झरनाको पहिलो रोजाईमा अनमोल केसी हुनेछन् । किनभने यसको अघिल्लो सिक्वेलमा अनमोल र सुहानाको जोडी थियो ।