Advertisement Advertisement

झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरबाट आएका ६ जना व्यक्ति चोरीको घटनामा संलग्न रहेको पाइएको छ ।
उनिहरुले जिल्लाका विभिन्न सहकारीहरुबाट ३० लाखभन्दा बढी रकम चोरी गरेका थिए ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुन्सरीको सहकार्यमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको छ ।
सहकारी फोड्न प्रयोग भएका विभिन्न औजारहरु, मुख छोप्ने गम्छा, दुईवटा मोटरसाइकल सहित उनिहरुलाई पक्राउ गरिएको हो ।