Advertisement Advertisement

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको ९४ लाख ९८ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको बाहेक सबैको परिसूचक घटेकोछ ।