Advertisement Advertisement

ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो ।

नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६ रन, विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भए । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।