Advertisement Advertisement

उधौलीको अवसरमा साकेला तथा चण्डि नाँचमा सहभागी हुँदै सुनुवार समुदायका युवती। तस्बिर : केशब गुरुङ

प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्। किरात राईको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किरातीहरु एकापसमा भेला भएर सङ्गठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने र सकेला नाच्ने गर्दछ। किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्।  

किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गर्छन्। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पूर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

टुँडिखेलमा मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायले आफ्नो कला संस्कृति झल्किने साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए। स्टलमा किरातीहरुले लागाउने भेषभुषा, गरगहना, बजाउने बाजा तथा घरमा प्रयोग हुने भाडा आदि बेच्न समेत राखिएको थियो।