Advertisement Advertisement

 बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए ।तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे ।‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला फिल्मको कास्टिङलाई लिएर एक नयाँ खबर छ । ‘डन ३’ को कास्टमा एक दमदार बलिउड अभिनेता जोडिंदैछन्, जसलाई दर्शकले सलमान खानको पछिल्लो फिल्म ‘टाइगर ३’ मा भिलेनको भूमिकामा देखेका थिए ।

यति भनेपछि इमरान हासमीको नाम आउने भइहाल्यो । हो, उनै इमरान ‘डन’को नयाँ सिक्वेलमा भिलेनको भूमिकामा देखिन लागेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । न्युज-१८ का अनुसार यो फिल्मको खलपात्रमा इमरान देखिने सम्भावना बलियो छ । फ्यानका लागि यो खबर किन पनि महत्वपूर्ण छ भने दुई लोकप्रिय अभिनेतालाई पर्दामा आमनेसामने देख्न पाउनु निकै रमाइलो कुरा हो ।