Advertisement
Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि सञ्चालनमा ल्याएको सर्टिफिकेट सम्बन्धी अनलाइन सेवा अवरुद्ध भएको छ । मंगलवार पनिकाको वेबसाइट ह्याक भएसँगै सर्टिफिकेट एप्लिकेसन पोर्टल अवरुद्ध बनेको हो ।

पनिकाको मुख्य वेबसाइट पहिलेकै अवस्थामा आएपनि सर्टिफिकेटको वेबपेज भने रिकभर भइसकेको छैन । हाल उक्त वेबपेज खोल्दा तपाईँले अनुरोध गरेको यूआरएल सर्भरमा उपलब्ध छैन भन्ने सन्देश देखिन्छ ।सामान्यतः वेबपेजको कन्टेन्ट मुख्य सर्भरबाट हटाएको अवस्थामा वा स्थान परिवर्तन गरेको अवस्थामा यस्तो सन्देश देखिन्छ ।

पनिकाले सोमबारदेखि अनलाइन सेवा सुरु भएको जानकारी दिएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो । तर विद्यार्थीले भने भेरिफिकेसन ईमेल नै नआएको भन्दै गुनासो गरेका थिए ।पूर्ण रुपमा परीक्षण नगरिकनै सिस्टम सञ्चालनमा ल्याएको भन्दै त्रिविको आलोचना भइरहेको छ ।