Advertisement Advertisement

लागुऔषधका थुनुवालाई भगाएर फरार भएका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन प्रहरी जवान वीरबल राय यादव छन् । शुक्रबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यादवलाई सार्वजनिक गरेको हो । 

यादव पथरावुधाम–३, रौतहटका रहेको प्रहरीले बताएको छ । नक्कली चिट बनाएर आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकालेर फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट ११ माघमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए । यादवलाई आवश्यक कारबाहीका लागि  १२ माघमा प्रहरी परिसर काठमाडौं पठाइएको र उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार सजाय हुने डीएसपी घिमिरे बताए । तत्कालीन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरेर ६ लाख २५ हजार यादवले पाएको प्रहरीले बताएको छ । 

पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको डीएसपी घिमिरेले बताए ।