Advertisement Advertisement

दुई वटा चाउचाउ पकाएको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ । धादिङको गल्छी गाउँपालिका–७ स्थित ह्याम्लेट रेष्टुरेन्टलाई कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराइएको हो । 

उक्त रेष्टुरेन्टले २० रुपैयाँ पर्ने दुई वटा वाइवाई चाउचाउ पाएको पाँच सय रुपैयाँ लिएपछि कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराइएको जिल्ला अनुगमन समितिले जनाएको छ । 

पृथ्वी राजमार्ग आसपासमा होटल तथा रेष्टुरेन्टले ग्राहकसँग चर्को मूल्य असुल्ने गरेको सूचनाका आधारमा अनुगमन गर्दा उक्त रेष्टुरेन्टलाई कार्वाही गरिएको अनुगमन समितिका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार ह्याम्लेट रेष्टुरेन्टलाई दुईवटा चाउचाउ पकाएर खाएको पाँच सय रुपैयाँ तिरेको बिलसहित उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कार्वाही गरिएको हो ।