हावाहुरीका कारण रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा आयोजनाको सहायक कम्पनी दुसानका कर्मचारी कोरियाली नागरिक ५६ वर्षीय HYUN YOUNGMIN रहेका छन्।
 शनिबार साँझ ७ बजे अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल पठाइएको थियो। उनको उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो।