साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २६०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६०० रुपैयाँले बढेर एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।