Advertisement Advertisement

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हासिल गर्न सफल भएको छ । आज नेपलले कतारलाई ३२ रनले हराएको हाे । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।

कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए ।

यसअघि दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्यतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको थियो ।