Advertisement Advertisement

नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका छन् । सोमबार बिहानदेखि डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् । 

सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन । प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा “दिस साइट कान्ट बि रिच्ड” भन्ने नोटिफिकेसन देखिने गरेको छ । 

डीएनएस रिजल्भ नभएर यस्तो समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जनाएको छ । “लाइसेन्सिङ रिन्यु अथवा अन्य कुनै प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्छ,” केन्द्रका एक अधिकारीले भने, “तर अहिले समस्या समाधानको प्रयास भइरहेको छ । मोबाइल डेटामा वेबसाइटहरू खुल्ने तर कुनै कुनै इन्टरनेट सेवामा नखुल्ने जस्तो अवस्था पनि देखिएको छ।”