Advertisement Advertisement

नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। अन्शी राथले ६५ रन बनाएपछि नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल अगावै पूरा गर्‍यो

हङकङका लागि बाबर हायातले २६ र अइजाज खानले १२ रनबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपालका लागि सोमपाल कामीले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले  २९ बल खेलेका ऐरी अविजित ४४ रन बनाएका थिए। ऐरीबाहेक प्रमुख ब्याटरहरू भने चल्न सकेनन्। ओपनर कुशल भुर्तेल फेरि शून्यमा आउट हुँदा आशिफ शेख ५ रन बनाएर पेभेलियन फर्किए

तेस्रो नम्बरमा आएका सोमपाल कामीले १२ रन बनाउँदा कप्तान रोहित पौडेले २१, सन्दीप जोराले २२, कुशल मल्लले १३, गुल्शन झाले ६ रन बनाएर आउट भए। सन्दीप र गुल्शन भने रनआउट भएका थिए।नेपाल शुक्रबार युएईसँग ६ विकेटले पराजित भएको थियो