Advertisement Advertisement

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । 

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध यौन शोषणको उजुरी दिएकी थिइन् ।  बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।  यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकामा  खोजतलासका क्रममा बुधबार मात्रै झण्डै अर्थात ४ वर्षपछि पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ । बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार  करिव १९ः १५ बजे  पक्राउ गर्न घरमा प्रवेश गर्दा  उनी झ्यालबाट भाग्ने प्रयास गरेका थिए ।  भाग्ने क्रममा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।