Advertisement Advertisement

 बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो चार दिनमा मात्रै ७५ अर्ब रुपैयाँ तानेको छ ।निक्षेप उपकरणमार्फत बिहीबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तानेपछि पुष १६, १७, १८ र १९ गतेमा गरेर बैंकिङ प्रणालीबाट ७५ अर्ब २५ करोड रुपैयाँ तानिसकेको छ ।हालको नीतिगत व्यवस्था अनुसार अन्तर बैंकदर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट तरलता खिच्नुपर्छ ।अहिले अन्तरबैंक दर २.८० प्रतिशत हाराहारीमा रहेको छ । बुधबारको बोलकबोल अनुसार निक्षेप संकलनको भारित ओसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।