Advertisement Advertisement

बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएको छ ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।

चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।