Advertisement Advertisement

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।

दुईजनाबीच होटल सोल्टीमा भेटवार्ता भएको हो । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल मुख्य एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।