Advertisement Advertisement

गायक प्रमोद खरेलले द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतिस्पर्धी रोजिना बस्नेतसँगको सहकार्यमा ‘तिम्रो साथ बिना’ गीत ल्याएका छन् । भ्वाइस अफ नेपालको जारी सिजनमा टप ११ बाट बाहिरिएकी रोजिनालाई कोच प्रमोद खरेलले उनको गायकीबाट प्रभावित भएर गीत उपहार दिने घोषणा गरेका थिए ।

सोहीअनुसार सोमबार प्रमोदले रोजिनासँगको उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने एरेन्ज अविनाश पासवानले गरेका हुन् ।प्रमोद र रोजिना फिचर्ड प्रेमभावको गीतको भिडियोलाई अर्जुन तिवारीले निर्देशन गरेका हुन् । भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।दीपा सिटौला निर्माता रहेको गीत ‘प्रमोद खरेल’ युट्युब च्यानलमा रिलिज गरिएको छ । यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङमा समेत परेको छ ।