Advertisement Advertisement

रौतहटमा ‘ह्वाट्सएप ग्रुप’ बनाई एसइईको प्रश्नपत्र आउट गर्ने प्रधानाध्यापकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले ‘ह्वाट्सएप ग्रुप’ बनाई एसइईको प्रश्नपत्र आदानप्रदान गरेको आरोपमा राजदेवी नगरपालिका- १ बस्ने श्री मावि पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका- ७ मा बस्ने श्री सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका ललन राय यादव, मौलापुर नगरपालिका- ६ बस्ने श्री पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका राम अमोदप्रसाद यादव, सोही नगरपालिका- ६ बस्ने श्री शंकर मावि सरमुज्वा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका अबधलाल राम र राकेश कुमार यादव रहेका छन्।