Advertisement Advertisement

नेपाली फिल्म ‘चित्रा’ प्रिमियर गरिएको छ । सोमबार  साँझ काठमाडौँको बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नबल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे, नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत फिल्मकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको हो

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू कलाकार सन्तोष अधिकारीको कामको प्रशंसा गरे । उनले डेब्यू अधिकारीको काम डेब्यु जस्तो नभएर राम्रो भएको बताए । केसीले फिल्म रमाइलो भएको प्रतिक्रिया दिए ।अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताइन् । उनले फिल्मको कथा मन परेको प्रतिक्रिया दिइन् ।

निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले कथा र कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिइन् । निर्देशक नरेश पौड्यालले फिल्ममा ‘इमोशन’मा विविधता भएको बताए । उनले कलाकारको काम राम्रो रहेको धारणा राखे ।घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । बाबु र छोरीको विषयमा निर्माण भएको फिल्ममा सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ । महेश पौडेलको छायाङ्कन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत र मनिष गौतमको पटकथा एवं संवाद छ । आशिष थापा मगर  निर्माता, सन्तोष अधिकारी कार्यकारी निर्माता रेको फिल्म नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अस्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।